20150127india-tells-ioc-to-boost-lpg-supplies-to-nepal-600x0

अमर काफ्ले
२६ असोज इनरुवा /  दशैंको पहिलो दिन घटस्थापना गरी मंगलवारबाट विधिवत रुपमा नवरात्रा सुरु भैसकेको छ । तरपनि बजार पसलमा आवश्यक्ता अनुसारका अत्यावसकिय उपभोग्य लगायतका सामाग्रीको अभाव चुलिँदो छ ।
अभावै अभावको यसपालीको दशैंमा ग्यास अभावले थप सास्ती थोपरिदिएको छ । पछिल्लो समय हरेकजसोका घरमा अत्यावसकिय साधनका रुपमा देखा परेको ग्यास चुल्हो ग्यास अभावकावीच निभेको धेरै समय वितेको छ ।  कोशी,कामख्या,सुविधा, प्रिमा ग्यास डिलरहरुले ग्राहकको माग पुरा गर्न सकेका छैनन् । ग्यासका लागि नाम लेखाउनेहरुको संख्या बढदै गएको छ । उनिहरु रित्तोहात फर्किन बाध्य छन् । इनरुवामा मात्रै चार हजार बढी ग्यास उपभोगकर्ताहरु छन् । उनिहरुले दशैंमा ग्यास पाउलान कि नपाउलान तत्काल केही भन्न सकिने अवस्था छैन् । यद्यपी सरकारले ग्यास लगायतका साधनको अभाव हुन नदिने जनाएपनि कार्यान्यन हुनेमा भने प्रशस्तै आशंकाहरु छन् । इनरुवा क्षेत्रमा रहेको केही ग्यास डिलरहरुले कालोबजारी गर्ने गरेको समेत सर्वसाधारणबाट गुनासो सुनिन थालेको छ ।

तपाईको प्रतिक्रिया