japan-nepali-youth-suicide

२३ माघ । जापानमा एक युवाले रेलको लिगमा हामफालेर आत्महत्या गरेका छन् ।विहीबार अपरान्ह गुडिरहेको रेलको लिकमा हाम्फालेर बाग्लुङ काँडेबास-९ का २१ वर्षीय ओमकार कँडेलले आत्महत्या गरेका हुन् । उनले केइहिन लाइनको ओमोरी खाइदान भन्ने स्टेसनमा हाम्फालेर आत्महत्या गरेका हुन् ।

उनी कुक भिसामा रहेका बाबु टोपलाल कँडेलको डिपेन्टेड भिसामा जापान आएका थिए ।उनले आफ्ना भाइको नाममा सुसाइड नोट लेखेका छन् । सुसाइड नोटमा उनले आफ्नै कारणले आत्महत्या गरेको र कसैसँग केही गुनासो नरहेको उल्लेख गरेका छन् ।

ओमकारको शव अहिले प्रहरीको नियन्त्रणमा रहेको छ । कँडेल परिवार कामातामा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया