accident-kharta-130x106२३ माघ, काठमाडौं । नुवकोटको मदानपुरमा भएको माइक्रोबस दुर्घटनामा ८ जनाको मृृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

काठमाडौंबाट त्रिशुलीतर्फ जाँदै गरेको बा १ ज ७५ ८३ नम्बरको माइक्रो सडकबाट झण्डै ३ सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ । माइकोसमा विदुरस्थित सैन्य तालिम केन्द्रमा तालिमरत सिपाइहरु थिए ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छैन । घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको ईलाका प्रहरी कार्यालय ककनीका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया