'Farming' bamboo rats in Congjiang County, Guizhou Province, China - 18 Dec 2012

२३ माघ। चीनको उत्तरपश्चिममा अवस्थित सिनजिया युगुर स्वशासित प्रान्तका एक व्यक्तिले विश्वकै सबैभन्दा सानो तीन औंले ‘उफ्रिने मुसो’ भेटेको बताइएका छन् ।

चिनियाँ नागरिक तथा चराविज्ञ चेन वेन्जाइले उक्त तीन औंले मुसोलाई आफ्नो ग्रामीण यात्रामा होटान प्रशासनिक प्रान्तको सडकमा भेटेको दाबी गरे ।

सुङ्गुरकोजस्तो मुख र पानीको बोटलको बिर्कोभन्दा सानो शरीर भएको उक्त उफ्रिने स्तनधारी जनावर आफ्नो कारको अघिल्तिर भेटेपछि बोटलभित्र राखेर घरमा लगेको बेन्जाईले बताए ।

युआन मुद्राको एउटा डबल बराबर तौल भएको उक्त मुसो प्रायजसो आफ्नो पुच्छरले शरीरलाई बाँधी सुत्न मन पराउने पनि उनले बताए । “यो दिनमा १७ घण्टाभन्दा बढी सुत्न मन पराउँछ,” बेन्जाइले उसको सुरुका गतिविधि अवलोकनपछि भने ।

तर, सिनजियाङको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसन्धाता जियाङ वेइले यो मुसो नभई मुसोजस्तै देखिने ‘रोडेन्ट’ भएको दाबी गरे ।रोडेन्ट सिनजियाङको दक्षिणमा अवस्थित मरुभूमि वरिपरी पाइने गरेको समेत उनले बताए ।

आयु करिब दुई वर्ष हुने यो प्राणी अतिसानो हुने भएकाले शरीरमा जम्मा हुने बोसो पनि यसको पुच्छरमा रहने समेत अनुसन्धाता जियाङले बताए ।

 

तपाईको प्रतिक्रिया