amazing-twins

२४ माघ, एजेन्सी । भारतको आगरा स्थित जयदेव अस्पतालमा एक महिलाले असामान्य लाग्ने गरि जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।सबैलाई आश्चर्य चकित पार्ने गरि दुवैबच्चा एक आपसमा जोडिएका छन् । अझ रोचक कुरा त यो छ कि दुवैको कलेजो एउटै छ । सरकारी अस्पतालमा जन्मिएका ती जुम्ल्याहालाई हेर्न अस्पतालमा ठुलो भिड लागेको छ ।

यता उपचारमा संलग्न चिकित्सकका अनुसार दुवै बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । तर एउटै कलेजो भएकाले शल्यक्रिया पछि पनि अलग गर्न समस्या देखिएको छ ।

चिकित्सकका सामु चुनौति थपिएको छ कि जोडिएका बच्चालाई कसरि अलग गर्ने । स्थानीय स्तरमा त्यो सम्भव नभएपछि ती बच्चालाई थप उपचारका लागि विदेश लैजाने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया