12674290_1005488646165729_1900917655_n

सुनसरी माघ २५/ नेपाली काँग्रेस सुनसरीको सभापति पद्का लागि संस्थापन पक्षकै दुई उमेद्वार वीच चुनावी प्रतिष्पर्धा भैरहेको छ ।
काँग्रेस जिल्ला सभापतिका लागि पूर्व पार्टी सभापति रामबहादुर बस्नेत र वर्तमान सभापति राजिब कोइरालावीच प्रतिष्पर्धा भैरहेको छ ।
युवा जमातमा लोकप्रिय मानिएका कोइराला र पुराना पीढिहरुको साथ पाएका बस्नेतवीच कडा प्रतिष्पर्धाको अनुमान गरिएको छ ।
कुल १ हजार १३ मतदाता रहेको सुनसरी काँग्रेसको चुनावी दौहाडामा दुवै पक्षले आआफ्नो विजय सुनिश्चित रहेको दावी गर्दै आएका छन् ।

pashu 3
त्यसैगरी काँग्रेस सुनसरीको सचिवका लागि पाटी सचिव समेत रहेका केदार भण्डारी र विरेन्द्र साहवीच चुनावी प्रतिष्पर्धा भैरहेको छ ।
कोषाध्यक्षको पदका लागि तीन जना उमेदवारले प्रतिष्पर्धामा भाग लिएका छन् । गोविन्द विश्वकर्मा दर्नाल, पंकजकुमार महतो र सुवोध प्रसाद घिमिरेले कोषाध्यक्षमा उमेदवारी दिएका छन् ।

12674398_1005488656165728_1183331455_n
प्रमुख तीन पदका लागि जारी निर्वाचनमा गुट र उपगुटको समेत चलखेलको आशंका गरिएको छ । संस्थापन र देउवा पक्षवीचका प्रतिष्पर्धीहरुवीच चुनावी दौहाडाका क्रममा आपसी मतभेत देखिएको छ । काँग्रेस सुनसरीका केही उच्च तहका र पाका नेताहरुले आन्तरिक रणनीति तय गरी विशेषगरी सभापति पदको परिणामलाई प्रभाव पार्ने जमर्को गरिरहेको जानकारहरुको दावी छ ।
महाधिवेशन प्रतिनीधि छनौटमा संस्थापन पक्षले देउवा पक्षसँगको सहमति अनुरुप काम नगरेकाले सोको असन्तुष्टि स्वरुप केहि पदको मत परिमाणमा उलटफेर हुन सक्ने अनुमान लगाइएको छ ।। भगवती माविमा जारी चुनावी प्रकृयाको नजिता आज साँझ सम्मै सार्वजनिक गरिने निर्वाचन अधिकृत सीताराम राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया