pashu 2
इनरुवा २५ माघ/दुई साता अघि जिल्लाको दक्षिणी गाविसमा एकसाथ २० बढी बालबालिकामा दादुराको प्रकोप देखा परेपछि जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा डेढ साता अघिबाटै दादुरा रुबेला विरुद्धको खोप अभियान संचालनमा ल्याउने भएको छ ।
स्वास्थ्य विभागले पुर्वाञ्चलमा फागुन ८ गतेबाट दादुरा रुबेला खोप अभियान संचालनमा ल्याउन लागेको भएपनि जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले दादुराको संक्रमणलाई मध्यनजर गर्दै माग २९ गतेबाट अभियान संचालनमा ल्याउन लागको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा आज पत्रकार सम्मेलनको आयोजना गरी अभियानको तयारीका बारेमा जानकारी गराएको हो ।जिल्लामा तीन चरणमा दादुरा रुबेला खोप सँगै पोलियो थोपा अभियान संचालन गरिने जिल्ला जनस्वास्थ्य प्रमुख डिल्लीरमण अधिकारीले बताउनुभयो ।सुनसरीमा ८४ हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइनुका साथै १ लाख १६हजार बालबालिकालाई पोलियो थोपा खुवाइने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

तपाईको प्रतिक्रिया