12654332_10207303789131955_3091375507277668451_n
सुनसरी/ नेपाली काँग्रेस सुनसरीको निर्वाचनमा पुनः राजिब कोइराला निर्वाचित भएका छन् ।
कोइरालाले ७ सय ३ मत ल्याएका छन् । सचिवमा केदार भण्डारी ७६३ मतले बिजयी । कोषाध्यक्षमा पंकज महतो ५५१ मत ल्याई बिजयी भएका छन् ।
कोइरालाले रामबहादुर बस्नेतलाई ६४६ को भारी मत अन्तरले पराजित गरेका हुन् ।
बस्नेतले २८३ मत ल्याएका छन् । मत गणनाको सुरुवात देखिनै बस्नेतलाई ठुलो मत अन्तरले पछि पार्दै आएका कोइरालाले बस्नेतलाई सजिलै पाखा लगाएका हुन् । सुनसरी सभापतिको चुनावी प्रकृयामा पूर्व सभापति रामबहादुर बस्नेतको लज्जास्पद हार भएको छ । सचिवमा केदार भण्डारी विजयी भएका छन् । भण्डारीले ७६३ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी विरेन्द्र साहले २०३ मत पाए । कोषाध्यक्षमा पंकज महतोले ५५१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी सुवोध घिमिरेले २४३ मत पाएका छन् भने पराजित अर्का कोषाध्यक्षका उमेदवार गोविन्द दर्नालले १६६ मत ल्याएका छन्

तपाईको प्रतिक्रिया