२६ माघ काठमाडौं। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका कारण आन्दोलनमा ठूलो क्षति पुगेको आरोप संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले लगाएको छ । मधेशी मोर्चाका एक घटक दलका अध्यक्षसमेत रहेका महतोले आन्दोलनकै क्रममा मोर्चाको निर्णयविपरीत आफूखुशी अभिव्यक्ति दिने गरेको आरोप लाग्दै आएको छ ।

morcha bigyapati‘आन्दोलनकै क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको’ आरोप मोर्चाद्वारा सोमबार प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ । महतोलाई अब उप्रान्त यस्ता क्रियाकलाप नगर्न र नगराउन मोर्चाले निर्देशन दिएको छ ।

मोर्चाको बैठकमा मोर्चासम्बद्ध चारै दलका अध्यक्ष उपस्थित रहेपनि मोर्चाद्वारा प्रेषित विज्ञप्तिमा राजेन्द्र महतोले हस्ताक्षर गरेका छैनन् । सायद मोर्चाको विज्ञप्तिमा जारी गरिएको बुँदा नं. ४ प्रति असहमति रहेको महतोले हस्ताक्षर नगरेको हुनसक्ने अनुमान मधेशी विश्लेषकहरुको छ । मोर्चाको विज्ञप्तिमा राजेन्द्र महतोले हस्ताक्षर नगरेकोले सद्भावना पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु मोर्चाको निर्णय÷निर्देशतप्रति अहिले आक्रोश व्यक्त गर्दैछन् ।

तपाईको प्रतिक्रिया