sushil bbc

२६ माघ काठमाण्डु । नेपाली कांग्रेसका सभापति एंवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएपछि नेपाल मात्र नभएर यस विषयले भारतमा पनि निकै चर्चा पाएको छ ।

यसै सन्दर्भमा बीबीसी हिन्दीले साइरालाको जन्म भारतमा भएको समाचार दिएको छ । कोइरालाको जन्म कहाँ भयो भन्ने एकिन विवरण नभएका बेला बीबीसीले उनको जन्म १९३९ अगस्ट १२ मा भारतको बनारसमा भएको बताएको हो ।

साथै समाचारमा कोइरालाले भारतको जेलमा ३ वर्ष विताएको समेत उल्लेख गरिएको छ । तत्कालिन शाही सरकारलाई दबाबमा राख्ने हेतुले प्लेन हाइज्याक गर्ने क्रममा उनी पक्राउ परेको र भारतको जेलमा ३ वर्ष विताएको बीबीसी बताउँछ ।काठमाडौंटुडेबाट

sushil bbc1

 

 

तपाईको प्रतिक्रिया