rahl_roy
२८ माघ मुम्बई । बलिउड अभिनेता राहुल रोय चाँडै नै ऋचा चड्डाको फिल्म ‘कैबरे’मार्फत फिल्ममा पुनरागमन गर्दैछन् । राहुल यो फिल्मा आफ्नो सुपरहिट फिल्म ‘आशिकी’को स्टाइलमा प्रस्तुत हुँदैछन् । फिल्मको निर्माण पुजा भट्टले गर्नेछिन् । उनका अनुसार ४७ वर्षे राहुल फिल्ममा आशिकीकै शैलीमा प्रस्तुत हुनेछन् । जस अनुसार उनले शीरमा उनले ज्याकेट लगाउनेछन् ।
‘फिल्ममा एक विशेष किसिमको गीत रहनेछ, जसको बोल ‘पानी पानी’ हो । यो मेरो पहिलो आइटम नम्बर हो । फिल्मको कथा एक डान्सर युवती वरीपरी घुम्नेछ, जो डान्सर हुँदै सुपरस्टारस्म्मको यात्रा गर्छिन् । यो गीतमा उनको पुरा यात्रा प्रस्तुत गरिनेछ । यो गीतमा राहुल ऋचाका साथ पपुलर पोज गर्नेछन् । ’ उनले भनिन् । फिल्म ‘आशिकी’मा पुजालाई नै अपोजिटमा राख्ने तयारी भए पनि उनी प्रेम जीवनमा व्यस्त भएकाले त्यो मौका गुमाईन् । अहिले आएर उनले आफैं फिल्म बनाउँदै राहुललाई लिन लागेकी हुन् ।
सन् ९० को दशकको ब्लकब्लष्टर फिल्म ‘आशिकी’ पुजाका पिता महेशले निर्देशन गरेका थिए । यो फिल्मका कारण राहुल रातारात स्टार बनेका थिए । यसपछि उनले ‘सपने साजन के’, ‘जुनुन’ र ‘प्यारका साया’ जस्ता फिल्ममा देखिए पनि तिनीहरुले सफलता चुम्न सकेनन् ।

 

तपाईको प्रतिक्रिया