Jolie२८ माघ लसएञ्जल्स । हलिउड चर्चित अभिनेत्री एञ्जोलिना जोलीले आफ्नो शरीरमा नयाँ तीनवटा टाटु खोपेकी छन् । फिल्म ‘फष्र्ट डे किल्ड माइ फादर’ नामक फिल्मको सुटिङका बेला उनको शरीरमा नयाँ टाटु देखिएको छ ।
४० वषीया अभिनेत्री कम्बोडियामा आफ्नो फिल्मको सुटिङमा व्यस्त छिन् । उनको तीनवटा टाटुमध्ये एउटा टाटु यंत्राको रहेको छ । यन्त्रा सामान्यतया बौद्ध भिक्षुले हातमा लगाउने गर्दछन् ।यो बनाउनका लागि निकै मेहनत र सावधानी अपनाउनुपर्छ । अन्य दुई टाटुको बारेमा भने केही खुलाइएको छैन् ।

 

तपाईको प्रतिक्रिया