pashu 4
इनरुवा माघ २९/ मुलुक संघियता उन्मुख भैसकेको वर्तमान अवस्थामा राज्य संचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका निजामति कर्मचारीहरुका सवाल सम्बोधनको खाँचो रहेको औल्याइको छ ।
सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रमका सहभागि निजामति कर्मचारी संगठनका पदाधिकारीहरुले कर्मचारीका हक अधिकार लगायतका सवालमा राज्य गम्भिर हुन आवश्यक रहेको बताएका हुन् ।
नेपाल निजामति कर्मचारी संघठन इनरुवा सुनसरीले आयोजना गरेको आधिकारिक ट्रेड युनियन चुनाव प्रचारप्रसार कार्यक्रमकावीच सरोकारवालाहरुले त्यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष जिवन काफ्लेले शुसासन, सामाजिक सुरक्षा र श्रमको उचित मुल्याङकन तर्फ राज्य गम्भिर हुन आवश्यक रहेको जोड दिनुभयो । सो कार्यक्रमा संगठनका केन्द्रिय यसचिव भवानी दाहाल, पेशागत महासंघका केन्द्रिय सदस्य राजकुमार गिरी, पूर्वाञ्चल संयोजक दधिराम गुरागाईका साथै जिल्ला अध्यक्ष धुव्र घिमिरे लगायतकाले पेशागत हितका सवालमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया