nrn-president

काठमाडौं, २७ आश्विन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं अधिवेशन बुधवारदेखि काठमाडौंमा शुरु भएको छ । ‘एनआरएनए राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ भन्ने नारासहित सुरु भएको अधिवेशन विहीबार सम्पन्न हुनेछ ।

अधिवेशन सकिएसँगै शुक्रबारदेखि एनआरएन विश्व सम्मेलन शुरु हुनेछ । ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा शुरू अधिवेशन सकिएपछि विश्व सम्मेलन शुरु हुने आयोजकले जनाएको छ ।

अधिवेशनमा विहीबार मात्रै नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया शुरु हुनेछ । एनआरएनएको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष शेष घले र रतन झासहित तीन प्रतिष्पर्धी देखिएका छन् ।

अधिवेशनपछि हुने विश्व सम्मेलनको २९ गते राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गर्ने संघका अध्यक्ष शेष घलेले जानकारी दिए । सम्मेलनमा भाग लिन ७१ देशबाट १५ सय जना भन्दा बढी सहभागी भएका छन् ।साभार: हुलाकि न्युज

तपाईको प्रतिक्रिया