12714084_1008321032549157_1430305945_n
इनरुवा फागुन २/ स्वास्थ्य मंत्री रामजनम चौधरीले चिकित्सकहरु सेवामुखी हुँदा अधिकांश स्वास्थ्य संस्थाहरुमा आवश्यक्ता अनुरुपको पदपूर्ति हुन नसकेको बताएका छन् ।
इनरुवा अस्पताल पुगेका मंत्री चौधरीले सुगम क्षेत्रको तुलनामा विकट भेगमा रहेर काम गर्दा सेवा सुविधाका साथै मूल्याङन समेत बढी हुने लोभमा चिकित्सकहरु त्यतै दगर्ने गरेको बताएका हुन् ।
विभागले आवश्यक्ता अनुरुपका क्षेत्रमा चिकित्सकको व्यवस्था मिलाउने गरेको भएपनि सुविधा कम भएको भन्दै सम्वन्धित क्षेत्रमा गएर काम गर्न नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या खड्किएको उनको भनाई थियो । मंत्री चौधरीले सबै क्षेत्रमा चिकित्सको समान पहुँच पुर्याउन चिकित्सकहरुको मनोबल बढाउने गरी सेवा सुविधामा विस्तारको प्रयास भैरहेको समेत बताए ।

12721907_1008320989215828_1191997117_n
सुनसरीका विभिन्न स्वास्थ्य चौकीहरुको अनुगमन नीरिक्षण पुरा गरी मंत्री चौधरी जिल्ला अस्पताल इनरुवा पुग्नुभएको थियो । मंत्री सहितको टोलीले अस्पताल नीरिक्षण गरेको थियो । २५ सैयाको इनरुवा अस्पताललाई सेवा विस्तारको माग उठिरहेका बेला मंत्री चौधरीले २ महिना भित्र ५० शैयामा परिणत गर्ने आश्वासन दिए । पाँच चिकित्सकको दरवन्दी रहेको इनरुवा अस्पतालमा हाल दुई मात्र चिकित्सक रहेका छन् । बाँकीको हकमा एक महिना भित्र सबैे पदपुर्ति गरि सक्ने दावी समेत मंत्री चौधरीले गरे ।
अस्पताल प्रशासनले जिल्ला अस्पताल भएरपनि स्रोत साधन अभावमा पर्याप्त सेवा दिन नसकिएको मंत्रीसामू गुनासो पोखेको थियो । इनरुवा अस्पताललाई सेवा विस्तार गरी सुविधा सम्पन्न अस्पताल बनाउन सरोकारवालाहरुले निकै लामो समययता पहल गर्दै आएतापनि हालसम्म जिम्मेवार निकायबाट प्राप्त आश्वासन कार्यान्वयन भने हुन सकेको देखिँदैन् ।

तपाईको प्रतिक्रिया