madhesi kalo jhandaनयाँदिल्ली, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको राजधानी नयाँदिल्लीमा मधेशीहरुले कालो झण्डा देखाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जम्बो टोलीसहित भारत पुगेका प्रम ओलीलाई युनाइटेड मधेशीज अफ नेपाल एसोसिएसनले कालो झण्डाले स्वागत गरेको थियो ।

भारत भ्रमणका लागि शुक्रबार अपरान्ह नयाँदिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बाहिर कालोझन्डा देखाइएको थियो । ६ महिनाभन्दा लामो समयदेखि अधिकारका लागि आन्दोलित मधेशीहरुको मागलाई बेवास्ता र ५० भन्दा बढी मधेशीको हत्या गरेको विरोधमा युनाइटेड मधेशीज अफ नेपाल एसोसिएसनले कालो झण्डा देखाएको हो । माधेशवाणिबाट

तपाईको प्रतिक्रिया