Zaat- india८ फागुन एजेन्सी । भारतको हरियणामा आरक्षणको माग गर्दै सुरु भएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।

आरक्षणको माग गर्दै हरियाणाका ८ जिल्लामा आन्दोलन फैलिएपछि सुरक्षाको जिम्मा सेनालाई दिइएको छ । आन्दोलनका क्रममा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ ।

प्रदर्शनले उग्ररुप लिएपछि रोहतक र भिमानीमा कर्फ्यू आदेश जारी गरिएको छ भने केही स्थानमा आगजनी भएको जनाएको छ । आन्दोलनमा सहभागी एक जनालाई जिउँदै रेलवे स्टेशनमा फालिएको आजतकले जनाएको छ ।

आन्दोलनकारीहरुले आन्दोलन रोक्न गरेको आग्रहलाई अस्वीकार गर्दै संघर्षलाई निरन्तरता दिने जनाएका छन् । आन्दोलनका कारण दिल्लीमा समेत अत्यावश्यक सामाग्रीको आपूर्तिमा समस्या उत्पन्न भएको छ ।

हरियाणाको अवस्थालाई लिएर शुक्रबार साँझ आपतकालीन बैठक समेत बसेको छ । बैठकमा केन्द्रीय गृह, रक्षा, विदेश र वित्तमन्त्री सहभागी थिए । बैठकले हरियाणामा शान्ति कायम गर्न अपील गरेको छ ।

सीमान्तकृत जाटों समुदायको आन्दोलनपछि मृख्यमन्त्री मनोहर लाल खट्टरले आर्थिक रुपले पछि पारिएको उक्त समुदायलाई आरक्षण दिने घोषणा गर्दै आन्दोलन रोक्न अनुरोध गरेका छन् ।आन्दोलनका क्रममा प्रहरी दमनमा परी एक जनाको मृत्यु हुनुका साथै अन्य ९ जना घाइते भएपछि हिंसा भड्किएको हो ।

 

तपाईको प्रतिक्रिया