kp-oli-in-india1

८ फागुन, काठमाडौं । नेपाललाई भारतले ८० मेगावाट थप बिजुली दिएको छ । प्रधानमनन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तामा भारतले ८० मेगावाट बिजुली दिएको हो ।बिजुली आउने मुज्जफरबाद ढल्केबर प्रसारण लाइनको ओली र मोदीले स्वीच अन गरेर संयुक्तरुपमा उद्घाटन गरेका हुन् । भारतबाट आजैदेखि ८० मेगावाट बिजुली थपिएपछि नेपालमा हाल जारी लोडसेडिङ दुई घन्टा घट्ने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया