८ फागुन एजेन्सी । विश्वकै सबैभन्दा सस्तो स्मार्टफोन भारतले सार्वजनिक गरेको छ । बुधबार भारतको नयाँ दिल्लीमा सार्वजनिक गरिएको फ्रीडम २५१ नाम दिइएको उक्त स्मार्टफोनको मूल्य जम्मा २ सय ५१ भारु तोकिएको छ ।

कम्पनीले उसको उक्त संस्तो स्मार्टफोन बिहिबारदेखि नै अनलाइनमार्फत बुक गर्न सुरु भैसकेको छ । फोन निर्माता कम्पनी रिंगिंग बेल्सको वेबसाइटमा गएर यो स्मार्टफोन अनलाइन बुक गर्न सकिनेछ । नयाँ कम्पनी रिंगिंग बेल्सले मोबाइलको दुनियामै सस्तो स्मार्टफोन ल्याएर आफ्नो ब्यापार सुरु गरेको हो । उसलाई सस्तो फोन निर्माणमा सरकारको कुनै सहयोग नभएको समेत कम्पनीको दावी छ ।

smart-phone

मेक इन इण्डिया कार्यक्रमबाट प्राप्त करछुट र ब्राण्ड मार्केटिंगको लागि कम्पनीले आफ्नो फोन सस्तोमा बिक्रि गरेको हो ।

भारतमा २ सय ५१ भारतीय रुपयाँमा पाइने 3 जी स्मार्टफोन फ्रीडममा ४ इन्चको डिसप्ले, क्वालकम 1.3 गीगाहर्ज कोर प्रोसेसर र 1 जीबी र्याम छ । एन्ड्रयड ललीपप अपरेटिङ  सिस्टममा आधारित यो स्मार्टफोनमा 8 जीबीको स्टोरेज सुविधा छ जसमा 32 जीबीसम्म बढाउन सकिन्छ । यसको साथै, यसमा 3.2 मेगापिक्सलको रीयर र 0.3 मेगापिक्सलको फ्रन्ट क्यामरा छ । साथै यसमा 1450 एमएएचको ब्याट्री रहेको छ ।

 

तपाईको प्रतिक्रिया