nirja2

चलचित्रः नीरजा
कलाकारः सोनम कपुर,सबाना आज्मी,सेखर रवजियानी
निर्देशकः राम माधबानी

मानिसले आफ्नै अगाडि मृत्यु देख्दा कसरी त्यसको सामना गर्छौं ?मृत्युको डरले कसरी हामीलाई संघर्ष गर्ने साहस दिन्छ,  भन्ने कुरालाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको चलचित्र हो निरजा । याे चलचित्र भारतमा ८० को दशकमा भएको सत्य घटनामा आधारित छ । जसमा परिचारिका नीरजा भनोतले अपहरण भएको हवाइजहाजमा आफ्नो ज्यान बलिदान दिएर हवाइजहाज यात्री ३५९जनाको ज्यान बचाएकी थिइन् ।

कहानी
चलचित्रको सुरुवात सन् १९८६ को समयबाट सुरु हुन्छ । नीरजा भनोत( सोनम कपुर) आफ्नो परिवारसंग मुम्बैमा बस्छिन् । उनको परिवारले केटीलाई पनि आत्मनिर्भर हुनुपर्ने संस्कार वातावरण दिएका हुन्छन् । नीरजा एक एयरहोस्टेस हुन्छिन्, उनलाई मोडलिङ निकै मनपर्छ । आफ्नो जन्मदिनको दुइ दिन अगाडि उनको फलाईट मुम्बइदेखि कराँची हुँदै अमेरीकासम्म जानुपर्ने हुन्छ । तर कराँची पुगेपछि केही आतंकबादीले उनी चढेको प्लेन अपहरण गर्छन्  । यही १७ घण्टाको बिचमा निरजाको अग्नि परीक्षा सुरु हुन्छ । कसरी नीरजाले विभिन्न परिस्थितिको सामना गर्छिन,कसरी सबै यात्रुलाइ सुरक्षित राख्न आतंकबादी समुहसंग साहसले लड्छिन् , त्यो हेर्न भने तपाईले चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

निर्देशन

चलचित्रको पुरै समय हवाइजहाज  अपहरण र नीरजाको १७ घण्टाको अग्नि परीक्षाको समयमा कलाकारिता प्रस्तुत गरिएको छ । निर्देशक राम माधबानीले चलचित्रको सुरुवातदेखि नै दर्शकलाई आउने र्दुघटनाको इसारा दिएका छन् । उनले कथालाई सहि बाटोमा दर्शकलाई उत्सुकताका साथ दौडाएका छन् । कहानीलाइ ससक्त रुपमा प्रस्तुत गर्नका साथै कलाकारमा सोनमको कलाकारितालाई भरपुर निखारेका छन् । चलचत्रिमा कहिँ आशा, कहिँ भरोसा, कहिँ दुख, कहिँ बेदना र कहिँ डरको समायोजन गरिएको छ । समग्रमा चलचित्रको निर्देशन पाटो निकै सशक्त छ ।

nirja1

अभिनय

यस चलचित्रको मुख्य भुमिकामा (नीरजा) सोनम कपुरले अभिनय गरेकी छिन् । उनले सत्य घटनामा खेलेकी यो चलचित्रको अभिनयले उनको करियरमा निकै फाइदा पुग्ने देखिन्छ । तर कुनै सिनमा उनको अभिनय पक्ष अलि कमजोर देखिएको छ ।
नीरजाको आमाको भुमिकामा सबाना आज्मीको अभिनय निकै जीवन्त छ ।
नीरजाको बुवाको भुमिकामा योगेन्द्र टिकुको अभिनय पनि दमदार छ । नीरजाको व्वाइफे्रन्डको रोलमा शेखर रवजियानीको छोटो भुमिका भएपनि भुमिकालाई न्याय गरेका छन् । हवाइजहाज अपहरण गर्ने चार आतंकबादीको अभिनय यति जीवन्त छ कि दर्शक उनीहरुको अभिनयको प्रशंशा नगरि बस्न सक्दैनन् ।

किन हेर्ने चलचित्र

एउटा मध्यम वर्गीय युवती जसले गलत कुराको अगाडी नझुक्ने आदर्श सिककी हुन्छिन्,उनले त्यही आदर्शलाई पछ्याउँदै हवाइजहाज अपहरणको समयमा आफ्नो ज्यानको बाजी दिएर सबै यात्रुलाई बचाउँने साहस र हौसला हेर्नको लागि यो चलचित्र नीरजा हेर्र्नैपर्ने हुन्छ।एभरेष्ट दैनिकबाट

तपाईको प्रतिक्रिया