lahan mahila police

९ फागुन,  लहान । सिरहामा मधेसी महिला र प्रहरीबिच अन्तक्रिया सम्पन्न भएको छ । सिराहको लहान नगरपालिकामा लागु औषध सेवन तथा लागुपदार्थ दुव्र्यसनीबाट महिलाहरुमा बढिरहेको घरेलु हिंसालाई न्युनिकरण कसरी गर्ने भन्ने सम्बन्धमा माँ शारदे नागरिक सचेतना केन्द्र्मा सचेतना कार्यक्रम गरिएको छ ।

कार्यक्रममा घरेलुहिंसाबाट पीडित महिलाहरुले प्रहरी समक्ष आफनो दुखेसो पोखेका थिए ।सचेतना कार्यक्रममा उपस्थित ४० बर्षकी मिरालें (नामपरिर्वतन)ले आँशु झार्दै भनिन् –‘ सर म श्रीमान्को दिएको पीडाबाट म साह्रै पीडित छु । श्रीमान् अर्कै महिलालाई लिएर बसिरहेको छ । न त मलाई राम्ररी हेर्छ । न त बाँकी छोराछोरीलाई । खान लाउन केही दिदैन ।’ श्रीमानकै कारण मैले मेरी जवान छोरी गुमाए ।’

उनले थपिन ‘खान लाउन दिन्छु । सवैलाई राम्ररी हेर विचार गर्छु भनेर एक पटक प्रहरी कार्यालयमा कागज पनि गरेको छ ।तर उनको पतिले केही वास्ता नै नगरेको पछि ती महिलाले पाएको हिंसालाई खप्न नसकी आफनो २० बर्षकी छोरीले ३ महिना अगाडि आफ्नै घरमा आत्महत्या गरेको सुनाइन ।

यति भन्दै गर्दा उनका आँखाबाट झरेको आँशु देखेर प्रहरी नायब उपरीक्षक चर्तुवेदीले अक्कमक्क हुदै तत्काल कार्वाही प्रक्रिया अगाडि बढाउने भन्दै सोही ठाउँमा रहेको सामाजिक परिचालकलाई महिलालाई लिएर प्रहरी कार्यालयमा आउन आग्रह गरे । त्यस्तालाई कडा कारवाही गरिने चर्तुवेदीले प्रतिवद्धता जनाए ।

यसैगरी उपस्थित अन्य महिलाले समेत आफ्नो पीडा प्रहरी सामु राखदै प्रहरीले घरेलु हिंसाबाट पीति महिलालाई सहयोग गर्न नायब उपरीक्षक चर्तुवेदीसमक्ष आग्रह गरेका थिए ।

महिलाहरुको दुखेको सुनेपछि उनले भने –‘तपाईहरुको पीडा सुनेर म आफै भावुक बने अपराध गर्नेहरुलाई कार्वाही गराउन लहान प्रहरी कुनै बेला पछाडि पर्दैन ।’ प्रहरीमा गएर घरेलु हिंसा सम्बन्धि मौखिक भएपनि उजुरी दिन आग्रह गरेका थिए ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्गर्तत लहान नगरपालिकामा रहेको नागरिक सचेतना केन्द्रमा चलाइने विज्ञ कक्षा अन्गर्तत स्थानीय सेवा प्रदायक संस्था समग्र जन उत्थान केन्द्रले लागुऔषध तथा घरेलु हिंसा न्युनिकरणका लागि सचेतना कार्यक्रम संचालन गरिएको समग्र जनउत्थान केन्द्रका कार्यक्रम संयोजक दिलिप कुमार सिंहले बताए ।

उनका अनुसार लहान नगरपालिकाको २२ वटा वडा मध्ये ११ वटा वडामा रहेको नागरिक सचेतना केन्द्रहरुमा विज्ञ कक्षा संचालन गर्न इलाका प्रहरी कार्यालय लहानसंग समन्वय भइरहेको छ ।

प्रहरी कार्यालयमा पुग्ने पीडित महिलाहरुले बढि जसो घरेलु हिंसाबाट पीडित रहेको दुखेको पोख्न थालेपछि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्गर्तत लहान नगरपालिका ८ मा रहेको माँ शारदे नागरिक सचेतना केन्द्र्मा इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमा प्रसाद चर्तुवेदी सहितको अन्तक्रिया गरिएको थियो ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया