fire१० फागुण सिरहा। सिरहाको धनगढीमाई नगरपालिका वार्ड नम्बर १३ मा आईतवार दिउँसो आगालागी हुँदा ३५ घरपरिवारको ४६ वटा घर जलेर नष्ट भएको छ ।दिउँसो १ बजे स्थानीय नागेन्द्र यादवको घरबाट सल्केको आगोले ३५ घरपरिवारको घर जलेको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ आगलागीबाट १२ परिवारको घर पूर्ण रुपले जलेको हो ।

दिउँसो हावा चलेकोले धेरै घरहरु आगलागीको चपेटामा परेको प्रहरीले जनाएको छ ।आगलागी स्थानीयवासी, नेपाली सेना, प्रहरी र लहान , राजविराज ,धनुषाबाट आएको बारुणयन्त्रले करिब २ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीले घरमा रहेको अन्न, लत्ताकपडा लगायतका सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक श्याम ज्ञावलीले बताए ।

तपाईको प्रतिक्रिया