qqqqqe12166229_955105531204041_dddd11307151_n

२७ असोज इनरुवा
अमर काफ्ले / वृहत संघर्ष समिति सुनसरीले आज साँझ सदरमुकाम इनरुवामा मसाल जुलुस प्रर्दशन गरेको छ ।
चाडबाडमा समेत आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेको मोर्चाले आन्दोलनलाई थप ससक्त बनाउँदै लैजाने निर्णय गरेसँगै संघर्ष समिति सुनसरीले सदरमुकाममा मसाल प्रर्दशन गरेको हो ।
झापा, मोरङ र सुनसरी मधेश प्रदेशमा समावेश गरिनुपर्ने, मधेशी समूदायको अधिकारवीना जारी भएको संविधान अविलम्ब संसोधन गरिनुपर्ने , यसअघिका सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने संघर्ष समितिले माग गरेको छ । जिविस रोडबाट निस्केको मसाल जुलुस इनरुवा नगरको परिक्रमा गरी बसचौकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै जिल्लास्थित मधेशी नेताहरुले आफुहरुको अधिकारको पूर्ण प्रत्याभूति नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया