sunsari drug

१० फागुन ,सुनसरी। सुनसरीको भरौल तथा धरानको पटनाली क्षेत्रवाट लागुऔषधको कारोबार गर्ने ३ जनालाई धरान प्रहरीले भारीमात्रमा लागु औषध सहित पक्राउ गरेको छ । सुनसरीको दक्षिणी सिमावर्त गाविस वाट लागु औषध लिएर धरान आउदै गरेका
उनिहरुलाई प्रहरीले आईवार राती धरान २७ स्थित पटनाली जंगलक्षेत्रवाटनियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

प्रहरी लागु औषधका मुख्य कारोवारीहरु सुनसरी बराहक्षेत्र ५का भरतकुमार राई,कृष्णकुमार मगर र भरौल ३ माधव राजधामी लाई नियन्त्रणमा लिएको हो । उनिहरुको साथ वाट ५सय७६ क्यापसुल स्पास्मोप्रोक्सिवन ,९८ वोटल कोरेक्स , नगद ५६हजार ४सय९० र एकथान सुन औठि फेला परेको इलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रहरी नायव उपरिक्षक सुदमकुमार सिजापतिले जानकारी दिनुभयो ।

उहाले लागुऔषध ल्याउन प्रयोग गरिएका को ८ प ६५३४ नम्बरको मोटर साइकल र को२० प ४३९७ नम्बरको स्कुटी समेत बरामत गरिएको वताउनु भयो । पछिल्लो समयमा लागु औषध कारोबारीले सुनसरी भण्टावारी नाकावाट चकरघट्टि , भरौल हुदै धरानको रुट प्रयोग गरिएको सुचनाका आधारमा उनिहरुलाई स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक सिजापतिको भनाई छ ।

उनिहरु लाई लागु औषध कारोबार ऐन अन्तर्गत कारबाही चलाइएको प्रहरी नायवउपरिक्षक सिजापतिले जानकारी दिनु भयो । त्यसै गरि इलाका प्रहरी कार्यलय धरानले धरानको सेउती जंगलमा लुटपाट गरि फरार र धरानको विजयपुर स्थित पञ्चकन्या मन्दिर परिशरमा लुटपाट गरि फरार ३ जनालाई समेत पक्राउ गरी सार्वजनिक गरेको छ ।

सेउती जंगलमा धरान८ का मनबहादुर लिम्बुलाई आक्रमण गरि लुटपाट गरि फरार धरान १५का उमेश राजधामी तथा पञ्चकन्यमा घुम्न गएका इटहरीका सुरेश चौधरीलाई लुटपाट गर्ने धरान १४का नविन विक र मिलन राईलाई सार्वजनिक गरेका हो । उनिहरु मध्ये बिक र राई लाई चारी ऐन अन्तर्गत मुद्धा चलाइएको र राजधामी लाई चोरी सगै ज्यानमार्ने उद्योगमा समेत मुद्धा  चलाइएको प्रहरीले जनाएको छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया