Ncell-Thagi

फागुन ११, ताप्लेजुङ । एनसेल एपको प्रयोग गरी लाखौ रुपैयाँको ठगिमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरीसक्दा समेत पुर्वमा ठगि हुने क्रम अझै रोकिएका छैन । हिजो मात्र ताप्लेजुङका थप दुई जना ठगको फन्दामा परेका छन् ।

मोवाईलमा चार अंकको म्यासेज आएपछि फोन गर्दै ठगी गर्नेले ताप्लेजुङ लिम्बुदिन एक का ईन्द्र सिं लिम्बु र खाम्दिनेका मोहन भट्टराईलाई दुईलाखको उपहार परेको र उपहार बापतको तीस हजार रुपैयाँ कर तत्काल पठाउनु भनि स्थानिय आईएमईबाट जनही तीस हजार रुपैयाँ पठाउन लगाई ठगि गरेका हुन् ।

दुवै जनाले प्रकास रग्मि, मोरङ को नाममा पैसा पठाएका थिए । पैसा पाएको समेत ठगले जानकारी गराएको र दुईघण्टा पछि दुई दुई लाख पठाउने भनीएपछि मोवाईल स्विच अफ गरेको पिडितहरुले बताएका छन् ।

पिडित मध्ये लिम्बुले रिण गरी र भट्टराईले आफ्नै पसलमा रहेको पैसा दुई लाख पाउने आसामा आईएमई गरेका थिए । लिम्बु स्थानिय सुन्तले खोला लघु जलविद्युत आयोजनाका प्राविधिक हुन भने भट्टराई स्थानिय ईलेक्ट्रोनिक पसलका सञ्चालक हुन ।

दुबै जनालाई ठगिमा संलग्न प्रकास रेग्मि मोरङ नाम बताउनेले कान्तिपुर टेलिभिजनमा तपाईहरुको उपहार परेको विज्ञापन बजिरहेको छ, म एनसेलको कर्मचारी हुँ, मोवाईलमा आएको कोर्ड नंबर भनुस भनी मोवाईल नंबर व्यालेन्स र लोकेसन समेत बताए पछि उनिहरुले विश्वास गरी रकम पठाएको बताएका छन् ।

रकम पाएको जानकारी पछि ठगि गर्नेले मोवाईल स्विच अफ गरेपछिमात्र आफुहरु ठगिएको थाहा भएको उनिहरुले बताएका छन् । यस अघि गत आईतबार ताप्लेजुङ ल्याङ्वाकि वर्षा शेर्पा पनि ठगिएकि थिईन । उनले सदरमुकाममा रहेको मौषम मनि ट्रान्सिफरबाट तीस हजार रकम सिताराम यादव मोरङको नाममा पठाएकि थिईन ।

प्रहरीले ठगिमा संलग्न झापा गौरादह ९ का १८ बर्षीय प्रकाश दाहाल र मोरङको पथरी ९ निवासी ३२ वर्षीय मेघनाथ गिरीलाई काठमाडौबाट पक्राउ गरी पाँचथरमा आईतबार सार्वजनिक गरेको थियो भने घटनाका मुख्य योजनाकार भारत राजसस्थाका सुमित सर्मा भने अझै फरार रहेका छन् ।

उनले भारत र नेपालको सिमानाको जिल्लामा बसी ठगि गर्ने र सो रकम भने अरुलाई प्रयो गरी लिनेगरेको प्रहरीको भनाई छ । घटनाको विषयमा केन्द्रिय अनुसन्धान व्यूरो सहित पाँचथर प्रहरीले अनुसन्धान गरीरहेको छ ।

 

तपाईको प्रतिक्रिया