११ फागुन ,एजेन्सी । भारतको हैदराबादका दलित छात्र रोहित वेमुला लाई लिएर आज दिल्लीमा भएको प्रदर्शनमा मुख्यमन्त्री केजरीवालले भाग लिएका छन् । केजरीवालले मोदीको सरकारलाई निशाना लगाउँदै भने रोहित बेमुला लाई आत्महत्या गर्न बाध्य पार्ने लाई चै कारवाही गर्न पर्दैन ?त्यतिमात्र होईन केजरिवालले विधार्थीको आन्दोलनलाई समर्थन जनाउंदै भने मोदी जि विधार्थीहरु संग दुश्मनी नलिनुस महँगो पर्ला ।
विधार्थीहरुको कार्यक्रममा के के भने केजरिवालले ?
- देशभक्तिको सर्टिफिकेट बाँडीरहेछ मोदी सरकार ।
- मोदीले विधार्थीहरु संग निहुँ खोज्ने काम बन्द गर्नुपर्छ ।
- मोदी सरकार पूर्ण तरिकाले दलितहरुको विरुद्दमा छ ।
- मोदीले राम्रो दिन त ल्याउन सकेनन् तर खराब दिन भने ल्याए ।
- विधार्थी नेता कन्हैयालाई हमला गर्ने वकिलहरुलाई क्षमा दिन मिल्दैन ।
- मोदीको विरुद्द कालो झण्डा देखाईनु को अर्थ हुन्छ जुन युवाहरुले उनलाई प्रधानमन्त्री बनाए ती अहिले मोदीको विरुद्दमा उभिएका छन् भनि बुझ्नुपर्छ ।
- भारतका दलितहरु माथि अत्याचार भैरहेको छ ,मोदी सरकारले बाबा आंबेडकरको विरुद्दमा मोर्चा खोलेको छ ।
- मोदी सरकारको निम्ति आमिर खान देशद्रोही हुने अनि लुच्चा -लफंगा चै देशभक्त हुन थालेको छ ।
- यदि मोदीको यस्तै तरिका हो भने देशका सबै युवा मिलेर मोदीलाई पाठ सिकाउँछन् ।
जेएनयूका विधार्थीहरुको आयोजनामा भएको प्रदशनमा त्यहाँ रहेका सबै विधार्थी संगठनहरु सहभागी भएका थिए ।केजरिवालले ट्वीट गर्दै रोहित वेमुलाको परिवार संग भेटघाट गर्ने समेत बताएका छन्