Ghostery

११फागुण। स्मार्टफोनमा इन्टरनेट चलाउनका लागि कुन ब्राउजरको प्रयाग गर्नुहुन्छ ? एन्ड्रोइड फोनमा क्रोम ब्राउजर डिफल्ट नै आउँछ भने ओपेरा, फायरफक्स लगातका ब्राउजर पनि निकै चल्तीमा छन् ।

टोर पनि एक विकल्प हो, तर यो स्मार्टफोनमा निकै ढिलो चल्छ । रकमेल्ट, सफारी, डल्फिन, लिंक बबल, पफि्फन, मर्करी तथा इन्टरनेट एक्स्प्लोरर पनि वेब ब्राउजर हुन् तर एन्ड्राइड फोनमा यी ब्राउजरहरु सायदै देखिन्छ । उपरोक्त वेब ब्राउजरहरुमा तपाइँले अब्बल दर्जाको सुरक्षा प्राप्त गर्न सक्नुहुन्न, जुन तपाइँले स्मार्टफोनमा इन्टरनेट चलाउँदा चाहनुभएको हुन्छ । स्मार्टफोनमा वेब ब्राउजरहरु मध्ये सबैभन्दा सुरक्षित ब्राउजरको विकल्प बन्न सक्छ घोस्टरीनामको एक ब्राउजर ।

त्यस्तै सुरक्षाको दृष्टिले टोर नि निकै उत्तम वेब ब्राउजर हो । तपाइँले यो ब्राउजरबाट इन्टरनेट चलाउँदा तपाइँको कमाण्ड अलग अलग नोड भएर जान्छ जसबाट तपाइँको अनलाइन बिहेवियरको बारेमा ह्याकरले पत्तो पाउन गाह्रो हुन्छ ।

फायरफक्स ब्राउजर बनाउने कम्पनी मोजिलाको सुरक्षा नीति पनि उत्तम छ । यसमा प्रष्ट के भनिएको छ भने यदि कानूनी एजेन्सीहरुलाई इन्टरनेट प्रयोगकर्ताको जानकारी चाहियो भने दिइनेछ । तर कानूनी निकाय बाहेक अन्यलाई उसले तपाइँको जानकारी दिनेछैन । फायरफक्समा तपाइँको ट्रयाकिंगबाट त बच्नुहुन्छ तर विभिन्न विज्ञापनहरुले भने दिक्क पार्छन् ।

यदि तपाइँ क्रोम ब्राउजर प्रयोग गर्नुहुन्छ र अब ब्राउजर बदल्न चाहनुहुनछ भने त्यससँग जोडिएका सबै जानकारी आफ्नो स्मार्टफोनबाट डिलिट गर्न सक्नुहुन्छ । यदि तपाइँ आफ्नो गुगल अकाउण्ट नै डिलिट गर्न चाहनुहुन्छ भने गुगल टेकआउट टुल्सको सहयोग लिनुहोस् ।

यसको प्रयोग गरेर तपाइँले आफ्नो गुगल अकाउण्ट सँग जोडिएका सबै जानकारीहरु भविष्यमा आवश्यक पर्दा प्रयोग गर्नसक्ने गरी भण्डारण गर्न सक्नुहुन्छ ।बीबीसीको सहयोगमा

 

तपाईको प्रतिक्रिया