tara-air-9nफागुन १२, काठमाडौं। पोखरा विमानस्थलबाट आज बिहान ७ बजेर ५ मिनेटमा जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीको रक्से भीरमा दुर्घटना भएको आशंका गरिएको छ ।हराएकाे तारा एयरको 9NAHH ट्वीनअटर विमानमा चालक दलका तीन सदस्यसहित २३ जना यात्रु सवार रहेको विमानस्थल स्रोतले जनाएको छ।

रक्से भीरमा आगलागि भएको देखिएको बताएपछि अहिले त्यसतर्फ खोजी कार्य अगाडि बढाइएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।बाक्लो कुहिरोका कारण खोजीकार्य प्रभावीत बनेको बताइएको छ । अहिले खोजीका लागि नेपाली सेनाको जहाज र तारा एअरको हेलिकप्टर परिचालीत छन् ।

विमानमा चालक दलका तीन सदस्यसहित २३ यात्रु  सवार थिए। विमानलाई क्याप्टेन रोशन मानन्धरले उडाएका थिए भने को-पाइलट डिकेस नेम्कुल र परिचारिका रोमा राउत थिइन्।

यात्रुहरुमा डोल्मा छिरिङ शेर्पा, रेवती बराल , मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ,राजकुमार तामाङ,विनिता भट्टचन,बालकृष्ण निउरे,कमला थकाली, देवीजंग गुरुङ, कान्छा परियार,कृष्णलाल भट्टचन,दिलकुुमारी गौचन, फेन्जोक गुरुङ, पवित्रा केसी, फ्याक्सु वाइन्जी, लक्ष्मी हिराचन, लेप्साङ लामा, रलरसीद अहमल, मोतीबहादुर केसी र एक बालक रहेका छन् ।

तपाईको प्रतिक्रिया