tara-air-9n१२ फागुन, काठमाडौं।तार एयरको  9N-AHH जहाज म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भनिने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । म्याग्दी प्रहरीका डिएसपी विश्वराज खड्काले  विमान सोही स्थलमा आगो लागेको अवस्थामा भेटिएको र वरपरको जंगलमा पनि आगो लागेको बताए ।

पर्यटन मन्त्री आनन्द पोखरलले पनि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताए ।स्थानीय नवीन खड्का र प्रहरी जवान फुलकुमार थापा घटनास्थलमा पुगेका छन् । बाँकी प्रहरी टोली त्यसतर्फ लागेको छ ।

मन्त्री पोखरेलले भीम दलका गणपति अर्जुन बस्नेतलाई उद्धृत गर्दै बताए अनुसार जहाजमा रहेका २३ जनाकै मृत्यु भएको छ । मन्त्री पोखरेलले भने, ‘जहाज पनि जलेको छ भने शवहरु पनि यत्रतत्र छरिएका अवस्थामा छन् ।’

तपाईको प्रतिक्रिया