CIMG9892अमर काफ्ले २८, असोज इनरुवा/

एकै परिवारका तीन जनाको हत्या गरी गाडेको अभियोगमा खोजिको सूचिमा रहेका थप दुईजना पक्राउ परेका छन् ।
एकै परिवारका तीन जनाको कंकाल उत्खनन गरी अनुसन्धान थालेको सुनसरी प्रहरीले सो घटनामा संलग्न भएको भनिएका सप्तरी शम्भुनाथ नगरपालिका २ कनकपट्टीका नसरुल मिया र सप्तरीकै सारस्वर गाविस ३ का अलाउद्दिन मियालाई पक्राउ गरेको हो । एकै परिवारका बाबु, आमा र छोरी तीनै जनाको हत्या गरी इनरुवा ७ स्थित डेरामा गाडेको घटनामा संलग्न भएको आरोपमा एकसाता अघि पक्राउ परेका सप्तरीको सारस्वर गाविस ४ का मोहम्मद रजाबुल मियाको बयानका आधारमा प्रहरीले थप दुईलाई पक्राउ गरेको हो ।
प्रक्राउ परेकाहरुलाई सुनसरी प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । पक्राउ परेका मध्ये अलाउद्दिन सिरियल किलर भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । लेनदेन लगायतको विषयमा बारगेनिङ गर्ने उक्त समूहले महिलाहरुको बलात्कार पछि हत्या गर्ने गरेको समेत प्रहरीको अनुसन्धानले देखाएको छ । गएको फागुन महिनामा इनरुवा ७ स्थित सीयाराम यादवको घरमा डेरा गरी बस्ने क्रममा सप्तरीका इद्रीस खतिखा नट , श्रीमति जैतुन खातुन र छोरी शैरुन खातुनको कंकाल फेला परेको थियो । उनिहरु तीनैजनाको निजकै स्वयं छोरी ज्वाई सकिल हुसेनको योजनामा हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको थियो । घटनामा संलग्न अन्यको समेत खोजी जारी रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक श्यामसिङ चौधरीले बताए । मुख्य अभियुक्त सहिल भने विदेश फरार रहेकाले रेड कर्नर नोटिस जारी गरी पक्राउको प्रयास भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया