sanjay dutta

१३ फागुन मुम्बई । पाँच वर्ष लामो जेल सजाय पुरा गरेर बलिउड अभिनेता सञ्जय दत्त बिहाबार बिहान रिहा भएका छन् ।जेलबाट बाहिर निस्कदा उनका समर्थकहरु र परिवारजनले स्वागत गरेका थिए । बाहिरिने क्रममा दत्तले धर्तीलाई ढोगेका थिए भने जेलतर्फ फर्किएर सलाम गरेका थिए ।

sanjayमुम्बईस्थित उनको निवासमा समेत मित्रजन, शुभचिन्तक र बलिउडकर्मीको भीड लागिसकेको छ । सञ्जय दत्तलाई लिन उनको परिवार जेल गएका थिए ।संजयको रिहाइमा पत्नी मान्यता निकै खुशी देखिएकी छन् । उनले जेल बाहिर भव्य स्वागत कार्यक्रम आयोजना गर्न चाहे पनि जेल प्रशासनले त्यसको अनुमति भने दिएन ।

 

संजय दत्तकी छोरी त्रिशाला अमेरिकामै छिन् । ५६ वर्षीय संजय मे २०१३ देखि जेलमा थिए । पछिल्लो समय उनी ४२ महिना जेलमा रहे ।सन् २००७ र ००८ मा उनी १८ महिना जेलमा बसेका थिए । सन् २०१३ मा भारतको सर्वोच्च अदालतले उनको जेल सजाय पाँच वर्ष कायम गरेको थियो ।

तपाईको प्रतिक्रिया