accident-kharta-130x106२८ असोज इनरुवा /
सुनसरीका छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजना घाइते भएका छन् ।
इटहरी ५ स्थित पूर्व पश्चिम राजमार्गमा को १ प १२३५ नम्बरको मिनि ट्रकले को ६ प १९८४ नम्बर मोटरसाइकलले ठक्कर दिंदा मोटरसाइकल चालक सिद्धकाली गण पकलीमा कार्यरत राजेन्द्र लिम्बु घाइते भएका छन् । उनको सामान्य अवस्थामा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको सुनसरी प्रहरीले जनाएको छ । त्यसैगरी मधेशा ४ स्थित राजमार्गमा ना ४ ख ७०४६ नम्बरको रात्री बसको ठक्करले सिन्धुपोल्चोक भर भई इटहरी मामली हिँडेका सोम लामाको वर्ष ८ का छोरा रितेन लामा घाइते भएका छन् । ट्रकमा चढी आएका रितेन पिसाब फेर्न उत्रने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया