kastmandap pilot
१४ फागुण। नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ। जहाज चालक दिनेश न्यौपाने र सह-चालक सन्तोष रानाले उडाएका थिए।
कालिकाेटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले घटनास्थलमा पुगेको प्रहरी टोलीले चालक दलका दुई सदस्यको मृत्युको पुष्टि गरेको बताए।
नेपालगन्जबाट जुम्लाका लागि सो जहाज १२ बजेर ५ मिनेटमा नेपालगन्ज विमानस्थलबाट उडेको  जहाज कालिकाेटकाे चिलयाखामा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा परेके हो।
घाइते यात्रुहरूलाइ हेलिकप्टरबाट ल्याउने तयारी भइरहेके छ। प्रजिअ अधिकारीले घटनास्थलमा पुगेकाे प्रहरी टाेलीले घाइते यात्रुकाे सामान्य उपचार गरिरहेकाे जानकारी दिए।

विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना,लगायत मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री सहित ११ जना थिए ।

तपाईको प्रतिक्रिया