Facebook-Option

१४ फागुन, काठमाडौ । सामाजिक सञ्जाल फेसबुकमा लाइक बटनमा नयाँ ६ बटा विशेषता थपिएको छ । फेसबुकले कुनै पनि पोस्टमा लाइक गरेजस्तै गरी माया, हासो, आश्चर्य, दुखी र रिस व्यक्त गर्नको लागी कमेन्ट नगरी संकेत राख्न सकिने भएको छ ।

लामो समयको प्रतिक्षा र बहस पछि फेसबुकले यस्तो लँइक बटन ल्याएको हो । जसबाट प्रयोगकर्ताले कुनै पनि तस्विर वा स्टाटसहरुमा आफुलाई लागेको ६ वटा अप्सन मध्ये कुनै एकलाई लाइक गरे जसरी नै प्रयोग गर्न सक्ने छन ।

कसरी प्रयोग गर्ने त यस्तो सुविधा ?

तपाई यदि कम्प्युटरमा फेसबुक चलाउनुहुन्छ भने यो विशेषता आफै अपडेट हुने गर्दछन । तर तपाईले मोबाइलमा फेसबुक चलाउनुहुन्छ भने तपाईले आफ्नो एप्लिकेशन अपडेट गर्नुपर्छ ।

तपाईले लाइक बटन भएको स्थानमा आफ्नो माउस लगेपछि लाइक बटनका लाइकसंगै ५ वटा विकल्पहरु आउनेछन ।

त्यसपछि तपाईले कुनै एक विकल्पको बटनमा क्लिक गरेको खण्डमा तपाइले तस्बिर वा स्टाटसहरुमा प्रकट गर्न खोजेको माया, हासो, आश्चर्य, दुखी र रिसको संकेत प्रयोग गर्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया