gunannda prise
इनरुवा फागुन १५/ स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मीहरुलाई एक विशेष कार्यक्रमका वीच सम्मान गरिएको छ ।
तोकिएको जिम्मेवारी वहनका साथ कार्यक्षेत्रमा खटिएर स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्दै आएका ७ जना सम्मानित भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले कार्य मूल्याङकनका आधारमा इनरुवा अस्पतालमा कार्यरत गुणानन्द झा र कल्पना सापकोटालाई सम्मान गरेको हो । इमरजेन्सी कक्षको सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गरेकोमा झा र अनमी तर्फ उत्कृष्ठ ठहर गर्दैै सापकोटालाई सम्मान गरेको हो ।
त्यसैगरी जनस्वास्थ्य कार्यालय सुनसरीले मातहतबाट सेवा प्रवाहको अवस्थालाई मध्यनजर गर्दै उत्कृष्ठ स्वास्थ्योपचार सेवा पुर्याउने प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई समेत सम्मान गरेको छ ।
सेवा प्रवाह मूल्याङकनका आधारमा जिल्लामा पहिलो हुने प्राथमिक स्वास्थ्य केन्द्र इटहरी, दोस्रो हुने चतरा र बकलौरीका साथै तेस्रो हुने इनरुवा उपस्वास्थ्य चौकीलाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यालय सहयोगी प्रमिला कुर्मीलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ लगायतले सम्मानित हुनेहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया