Mobile-App

एजेन्सी– फोर जी भन्दा एक सय गुणा तेज नेटवर्क हुने फाइभ जी टेक्नोलोजी सन् २०१८ सम्ममा प्रयोगमा आउने भएको छ । यो प्रविधिको विकास जारी छ । लन् डनको गिल्डफर्डमा यो प्रविधिको विकासका लागि प्राविधिकहरु अहोरात्र खटिएका छन् ।

हाल नेपालमा थ्रिजी प्रयोगमा छ । तर दूनियाँ धेरै अगाडि बढीसकेको छ । फोर जी नेटवर्कको सहयोगमा एउटा फिल्म डाउनलोड गर्न आठ मिनेट लाग्छ । थ्रिजीले त त्यो भन्दा धेरै समय लिन्छ । तर नयाँ आउने फाइभ जीले जम्मा पाँच सेकेन्डमा एउटा फिल्म डाउनलोड गरेर तपाईको मोवाइलमा राखिदिन सक्छ ।

स्यासङ र फुजित्सुलगायत ठूला टेक कम्पनीले सरे विश्वविद्यालयले यस किशिमको नयाँ वायरलेस टेक्नोलोजीको विकास गरिरहेको छ । फाइब जी विकासमा काम गरिरहेका रिसर्च सेन्टरका निर्देशक रहिम तफजली भन्छन्, ‘प्रयोगशालमा यो प्रविधिले राम्रो काम गरिरहेको छ । कम्पासमा ७० शक्तिशाली रेडियो एन्टेना लगाइएको छ ।’

यो प्रविधि विकासका लागि काम भइरहेको खबर पछि एटी एन्ड टी, डोकोमो, चीन र स्वीडेनको एरिक्सन जस्ता कम्पनीहरुले चासो देखाएका छन् । उनीहरु यो प्रविधिको प्याटेन्ट करोडौं डलरमा किन्न तयार छन् ।

 

तपाईको प्रतिक्रिया