२८ असोज इनरुवा/ सुनसरीको मध्यहर्षाही ५ मा रुखको हाँगा काट्ने विषयलाई लिएर विवाद हुँदा दुई पक्ष्यवीच कुटाकुट भएको छ ।
स्थानीय जगत नारायण मेहताको जग्गामा रहेको शिरिषको रुखको हाँगा काट्ने विषयमा उत्पन्न विवादले कुटाकुटको रुप लिएको थियो ।
शिरिषको रुख आफ्नो जग्गामा रहेको दावी गर्ने जगत र सोही स्थानका लक्ष्मी मेहताका वीच झगडा चर्के पछि दुई पक्षियवीच कुटाकुट भएको थियो । घटनामा परी आठ जना घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा जगतनारायण मेहता, लुटनीदेवी मेहता, फुलेश्वरी मेहता, रितादेवी मेहता,लक्ष्मी मेहता,इन्द्रादेवी मेहता, सम्झाकुमारी मेहता र सुनिल कुमार मेहता रहेका छन् । उनिहरु सबैको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया