12767768_153999874986047_1137767676_n
इनरुवा १६ फागुन/ स्थानीय शान्ति समिति सुनसरीले इनरुवामा आज आयोजना गरेको अन्तरकृयामा सरोकारवालाहरुले समितिको काम कार्वाही अपारदर्शी भएको आरोप लगाएका छन् ।
ग्रामिण भेगमा गठन भएका अधिकांश शान्ति समितिहरुमा पारदर्शिता अभाव र जिल्ला तहको समितिमा समेत मनोमानी हावी भएको सहभागिहरुको भनाई थियो । सहभागिहरुले शान्ति समितिको काम कार्वाही प्रभावकारी र पारदर्शि हुन नसकेको आरोप लगाएका छन् ।
कार्यक्रममा बोल्दै सुनसरका प्रमुख जिल्लाअधिकार रविलाल पन्थले सहभागिहरुबाट आएका गुनासोका सन्दर्भमा छानविन गरी दोषी पाइए कार्वाहीको दायरामा ल्याइने बताए ।
कार्यक्रममा जिल्लाभर रहेका शान्ति समितिका पदाधिकारी तथा द्धन्द्ध पीडित परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो । शान्ति समितिका वर्तमान पदाधिकारीहरुले भने आफुहरुमा लागेको आरोप निराधार भएको प्रतिकृया जनाएको छ ।

तपाईको प्रतिक्रिया