१७ फागुन , तेह्रथुम । तेह्रथुममा रक्सीले मातेर एक ब्यक्तिले खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । तेह्रथुमको थोक्लुङ–३ मा रहेको सानी आमाको घरमा बस्दै आएका ४५ वर्षका पदम लिम्बुले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहार बाट सोही ठाउँका ३३ वर्षका रमेश कन्दङ्वाको ज्यान गएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने रमेशको घर ताप्लेजुङको साब्लाखुमा हो ।

गम्भीर घाइते भएका रमेशको उपचारको क्रममा आइतबार राति पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । खुकुरी प्रहार गरी फरार रहेका लिम्बुको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरु बिच सामान्य विवाद भएको थियो ।

 

तपाईको प्रतिक्रिया