Grabbed Frame 3
इनरुवा फागुन १७/ सुनसरी जिल्ला अदालतले शारदा उच्च मावि बलाहामा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी न्यायिक बाह्रय पहुँच कार्यक्रम संचालनमा ल्याएको छ ।
न्यायिक प्रक्रिया र प्रणाली बारे समूदायका विभिन्न वर्गसँग अन्तरसम्वादको उद्येश्य अनुरुप जिल्ला अदालत सुनसरीले मावि तथा उच्चमावि तहमा अध्ययनरत विद्यार्थीहरुका लागि न्यायमा पहुँच विषयमा जानकारी गराएको हो ।
जनसमूदाय र न्यायपालिकावीचको आपसी सम्वन्धमा निकटता आउने र न्यायपालिका प्रतिको जनआस्था र विस्वास अभिवृद्धिको उद्येश्य अनुरुप न्याय सम्वाद कार्यक्रमलाई अघि बढाइएको सुनसरी जिल्ला अदालतले जनाएको छ ।
कार्यक्रममा जिल्ला न्यायाधीसहरु रमेशराज पोखरेल, अर्जुनप्रसाद कोइराला र युवराज गौतमले न्यायपालिकाबाट चालिएका कदम, उल्लेखित कानुनी व्यवस्था लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा मुद्धामा अपनाइने कार्यविधी, अदालतको कामकार्वाही, अदालती प्रकृयामा जनसाधारणको भूमिका लगायतका बारेमा चर्चा गरिएको थियो ।

तपाईको प्रतिक्रिया