कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी

Abdul-Sattar१७ फागुन, काठमाडौं । नेपाल मुस्लिम संघका अध्यक्षसमेत रहेका अब्दुल सत्तारले नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गोर्खा क्षेत्रनम्बर २ बाट महासमिति सदस्य निर्बाचित सत्तार मुस्लिम समुदायका लागि छुट्टाइएको एकमात्र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छन् ।

‘जात मिलाएर मात्र हुँदैन, भूगोल पनि मिलाएर समावेशी हुन्छ,’ सत्तारले अनलाइनखबरसँग भने  भने, ‘म पहाडी समुदायको मुस्लिम हुँ । मैले केन्द्रीय सदस्य पदमा जितेमा कांग्रेस पार्टी र मुस्लिम समुदाय बीचको सम्बन्धमा आइसब्रेक हुनेछ ।’आफू मुस्लिमलगायत सबै जात तथा समुदायलाई एकताबद्ध गर्ने अभियानमा लागेको भन्दै उनले पहाडी र मुस्लिम समुदायबीचको विभेद हटाउने दाबी गरे ।

कांग्रेसका अहिलेका नेताहरुले वीपीको सिद्धान्तलाई भुल्दै गएकाले पनि अब कार्यकारी पदमा पुग्नुपर्छ भनेर आफू अघि बढेको उनले बताए ।‘कांग्रेस वीपीको नीतिअनुसार चलेको भए पार्टी धेरै माथि जान्थ्यो । कांग्रेसले अहिले अंगालेको आर्थिक नीति वीपीको होकी अरुको नीति हो भनेर छुट्याउन नसकिने भएको छ,’ सत्तारले भने, ‘त्यसैले पनि म अब कार्यकारी पदमा पुग्नुपर्ने आवश्यकता ठानें ।’सत्तारले बागबजारस्थित एक होटेलमा सम्पर्क कार्यालय खोलेर आफ्नो पक्षमा माहोल बनाउन सुरु गरिसकेका छन् ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया