leap-day-yearकाठमाण्डु, १७ फागुन– सामान्यतय अंग्रेजी क्यालेण्डर अनुसार फेब्रुअरी महिना २८ तारिखको हुन्छ । तर हरेक चार वर्षमा फेबु्रअरी महिनामा एक दिन थपिन्छ । आज सोमबार फेबु्रअरी २९ तारिख परेको छ ।

हरेक चार वर्षमा एक दिन फेबु्रअरी २९ आउँछ । त्यो आजको दिन हो । यसलाई अधीक वर्ष भनिन्छ । अधीक वर्ष ३६६ दिनको हुन्छ । पृथ्वीले सुर्यलाई परिक्रमा गर्न ३६५ दिन र ६ घण्टा ४८ मिनेट ४६ सेकेण्ड लाग्छ ।

हरेक वर्ष ३६५ दिनको हुँदा प्रत्येक वर्ष ६ घण्टाका दरले हरेक चार वर्षमा एक दिन थपिन पुग्छ । अंग्रेजी पात्रो अनुसार फेब्रुअरी महिनामा त्यो दिन थपिन्छ ।

नेपाली पात्रो अनुसार पनि हरेक चार वर्षमा अधीक वर्ष आउँछ । तर अंग्रेजी क्यालेण्डर जस्तो हरेक निश्चित महिनामा एक दिन थपिन्छ भन्ने हुँदैन ।

 

तपाईको प्रतिक्रिया