11694913_1022644254474213_2172759615401363500_n
इनरुवा १८ फागुन/ वालविवाह न्यूनिकरणको उद्येश्यसाथ विभिन्न संघसंस्थाले जिल्लाका विभिन्न भेगमा कार्यक्रमहरु संचालनमा ल्याएको भएपनि सरोकारवालाहरुवीच आपसी तालमेल अभावले न्यूनिकरणको सवालमा प्रभावकारी काम भने हुन सकेको छैन् ।
पछिल्लो एकसाता भित्रै सुनसरीमा आधा दर्जन बढी वालविवाहका घटना देखापरेका छन् । सरोकारवालाहरुको पहलमा केही वालविवाह रोकिएपनि तत्कालका लागि रोकिएका वालविवाह पूनः नहोलान भन्न सक्ने अवस्था देखिँदैन् ।
धार्मिक,सांस्कृतिक र आर्थिक विपन्नता जस्ता कारण अझपनि निम्न वर्गिय समूदायमा वालविवाह खुला रुपमै हुने गरेको छ । एक तथ्याङकका अनुसार सुनसरीमा २० प्रतिशतको हाराहारीमा २० वर्ष उमेर समूहभन्दा कमका वालवालिकाहरुको विवाह हुने गरेको छ ।
सरोकारवालाहरुले आफु पायक कार्यक्रम संचालन गर्ने गरेको भएपनि सहकार्य र तालमेल अभावले वालविवाह न्यूनिकरणको पहल सार्थक हुन सकेको देखिँदैन् ।
सरकारले बालविवाहलाई दण्डनिय भनेपनि वालविवाह गराउनेलाई फौजदारी कानुनको दायरामा ल्याउने सवालमा खासै प्रगति नभएको स्वयं जानकारहरुको बुझाई छ । कानुन कार्यान्वयनको सम्वन्धमा विद्यमान समस्या पहिचान गरी कानुन कार्यान्वयन प्रभावकारी बनाउन सके वालविवाहका घटनामा कमी ल्याउन सकिने सरोकारवालाहरुको भनाई छ ।
इनरुवामा आयोजित वालविवाहको जिल्लागत अवस्था र न्युनिकरण विषयक छलफलमा सहभागिहरुले समेत सहकार्य गरी एकसाथ कदम अघि बढाउनु पर्नेमा जोड दिए । पछिल्लो समय वालविवाह हुने प्रमुख कारकका रुपमा अपरिपक्क प्रेम सम्वन्धलाई समेत हेरिने गरिएको छ । देखासिकीमा बढ्दै गएको प्रेम सम्वन्धका कारण समेत भागी विवाह वा अभिभावकको मञ्जुरी सहितको वालविवाह हुने गरेको पाइएको छ ।
विद्यालयमा न्याय प्रकृया र प्रणाली बारे अन्तरसंवाद
इनरुवा फागुन १७
सुनसरी जिल्ला अदालतले शारदा उच्च मावि बलाहामा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी न्यायिक बाह्रय पहुँच कार्यक्रम संचालनमा ल्याएको छ ।
न्यायिक प्रक्रिया र प्रणाली बारे समूदायका विभिन्न वर्गसँग अन्तरसम्वादको उद्येश्य अनुरुप जिल्ला अदालत सुनसरीले मावि तथा उच्चमावि तहमा अध्ययनरत विद्यार्थीहरुका लागि न्यायमा पहुँच विषयमा जानकारी गराएको हो ।
जनसमूदाय र न्यायपालिकावीचको आपसी सम्वन्धमा निकटता आउने र न्यायपालिका प्रतिको जनआस्था र विस्वास अभिवृद्धिको उद्येश्य अनुरुप न्याय सम्वाद कार्यक्रमलाई अघि बढाइएको सुनसरी जिल्ला अदालतले जनाएको छ ।
कार्यक्रममा जिल्ला न्यायाधीसहरु रमेशराज पोखरेल, अर्जुनप्रसाद कोइराला र युवराज गौतमले न्यायपालिकाबाट चालिएका कदम, उल्लेखित कानुनी व्यवस्था लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा मुद्धामा अपनाइने कार्यविधी, अदालतको कामकार्वाही, अदालती प्रकृयामा जनसाधारणको भूमिका लगायतका बारेमा चर्चा गरिएको थियो ।
भन्सार छलिको कपडा बरामद
सुनसरी प्रहरीले चेकजाँचका क्रममा बलाहाबाट विभिन्न आइटमका कपडा बरामद गरेको छ । प्रहरीको गस्ती टोलीले चेकजाँचको क्रममा वलाहा ७ बाट भन्सार छलि गरी ल्याइएको कपडाहरु बरामद गरेको हो । बरामद कपडा स्थानीय व्यापारीहरुले ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । तस्करीमा संलग्न व्यक्तिहरुले माग बमोजिमका सरसामान भारतबाट भन्सार छलि भित्र्याउने गरेका छन् । प्रहरीले बरामद गरेका कपडाहरु सेतुवन्धक भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ । प्रहरीले वलाहाबाट भन्सार छलिका सुती सारी,कुर्ता, भेष्ट, वच्चाको भेष्ट,जामा, वावा सेट, पेन्ट सहित सलाई ५ केजी बरामद गरिएको जनाएको छ । त्यसैगरी सुनसरी प्रहरीले वलाहाबाटै १ सय २० केजी सुर्ति समेत बरामद गरी भन्सार पठाएको जनाएको छ । सुनसरी प्रहरीले पछिल्लो समय भन्सार छलिका सामान नियन्त्रण अभियानलाई तिव्रता दिएको छ । चेकजाँचमा कडाईसँगै तस्करीमा समेत कमी आएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया