smart-card-licence-430x316१९ फागुण, काठमाडौं । गत मंसिर १४ देखि लागू भएको स्मार्ट ड्राइभिङ लाइसेन्स नियमनका लागि आवश्यक प्रविधि यातायात व्यवस्था विभागले हालसम्म उपलब्ध गराएको छैन ।स्मार्ट लाइसेन्स लागू भए लगत्तै ट्राफिक प्रहरीलाई उपलब्ध गराउनुपर्ने  लाइसेनसम्बन्धी सफ्टवेयरको लिंक र रिड गर्ने मेसिन विभागले दिन सकेको छैन । यसले नियमनमा समस्या देखिएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

तर, विभागले भने सबै काम अन्तिम चरणमा पुगेकाले अबको एक सातामा ट्राफिक प्रहरीलाई स्मार्ट लाइसेन्सको सफ्टवेयर लिंक उपलब्ध गराउने दाबी गरेको छ ।लाइसेन्स स्मार्ट भए पनि उक्त लाइसेन्स बाहकले मादक पदार्थ सेवन वा अन्य नियम उलंघन गरे ट्राफिकले निवेदनमार्फत विभागलाई कारबाहीको सिफारिस गरिरहेको छ । मंसिर १४ यता यतायात व्यवस्था कार्यलय बागमतीले साढे ७ हजार स्मार्ट लाइसेन्स वितरण गरिसकेको छ । अाजको कारोबार दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया