arbaj-and-malaika१९ फागुण। हुनत, बलिउडमा गसिप धेरै चल्छ । वास्तविक कुरा भन्दा गसिपले बढी स्थान पाउँदा कहिलेकाही स्टारको घरवार पनि बिगि्रएका छन् ।

यस्तै भएको छ अहिले बलिउड नायक सलमान खानका भाई अरबाज खानलाई पनि ।

उनी अहिले आफ्नी पत्नी मलाइका अरोरा खानलाई कतै गुमाउनुपर्छ कि भन्ने डरले चिन्तित छन् । उनले भने-‘अहिले म मलाइकाप्रति धेरै नै संवेदनशिल छु ।

मलाई डर लाग्छ कि कतै म उनलाई नगुमाउँ ।’ अरवाजका अनुसार उनी कहिल्यै पनि मलाइकाप्रति यति धेरै संवेदनशिल थिएनन् । तर, समयले सबै कुरा बदलिदिएको छ ।

अरवाजले भने-‘जब मानिस केही कुरा हासिल गर्छ, त्यसपछि उसलाई त्यो कुरा गुमाउने डर हुन्छ ।

म मलाइकालाई प्रेम गर्छु तर उनीप्रति बहुतै संवेदनशिल छु ।’ आफूले अब मलाइकाको कुरा धेरै सुन्न थालेको अरवाजले बताए । उनले भने-‘समयको साथ तपाइको सामु आफ्नी पत्नीको कुरा सुन्नु बाहेक अरु विकल्प नै हुँदैन । अब सबै सत्ता मलाइकाको हातमा गएको छ ।’

तपाईको प्रतिक्रिया