laxman-lal-karna

२० फागुन, जनकपुर। सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राज्यले नसुनेपछि फेरि कडा आन्दोलन गर्ने बताउनुभएको छ । जनकपुरमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सहअध्यक्ष कर्णले अबको आन्दोलनले काठमाडौं र मधेसबीचको खाडल बढेर जाने बताउनुभएको छ ।

एक महिनाका लागि मोर्चा जनतामा गएर जागरण अभियान थालेकाले आन्दोलन स्थगित गरेको बताउँदै उहाँले यो अवधिभित्र सरकारले मधेसी मोर्चाको माग पूरा गरेन भने अबको आन्दोलन पहिलेभन्दा पनि सशक्त हुने बताउनुभयो ।

उहाँले मधेस आन्दोलन समाप्त नभएको बरु विराम मात्र लिएको छ, यो विरामको अवधिमा सरकार सुध्रिएन भने एक महिनाभित्र कडारुपमा आन्दोलन हुनेछ भन्नुभयो । मधेसको माग पूरा नभएसम्म मधेसी मोर्चाको कुनै घटक सरकारमा नजाने स्पष्ट पार्नुभयो ।

 

तपाईको प्रतिक्रिया