white-hair

२० फागुण।शोधकर्ताहरुले कपाल फुल्नुमा पर्यावरणीय तत्व नभै आनुवंशिक कारणहरु जिम्मेवार रहने ठहर गरेका छन् । ल्याटिन अमेरिकाका विभिन्न देशका मानिसहरुमा गरिएको अध्ययनका क्रममा शोधकर्ताहरुले कपाल फुल्नुका पछाडि आनुवांशिक तत्वको उपस्थितिको भरपर्दो प्रमाण प्राप्त भएको बताएका छन् ।

यो शोधका क्रममा ल्याटिन अमेरिकाका फरक फरक वंशका ६ हजार मानिसमा अध्ययन गरिएको थियो । त्यसक्रममा कपालको रंग, घनत्व तथा आकार निर्धारणमा भूमिका खेल्ने नयाँ जिन पत्ता लागेको छ ।

आइआरएफ फोर नामक जिन मानिसको कपाल फुल्नमा जिम्मेवार रहेको शोधकर्ताहरुले पत्ता लगाएका छन् । यो जिनले मेलालिनन तत्वको उत्पादन तथा भण्डारणमा प्रभाव पार्दछ । मेलानिन त्यो तत्व हो जसले कपाल, छाला तथा आँखाको नानीको रंग निर्धारण गर्दछ । यो तत्वको कमीले गर्दा कपाल सेतो हुन थाल्दछ ।

बेलायतको युनिभर्सिटी कलेज लण्डनका शोधकर्ता एन्डर्स रुज लायनेयर्सले भनेका छन् की उनीहरुले कपाल फुल्नुमा आनुवंशिक सम्बन्ध रहेको पहिलोपटक पत्ता लगाएका छन् । यसले मानिसको उमेर वृद्धि सम्बन्धि जिव विज्ञानलाई बुझ्न नयाँ मोडेल प्रदान गर्ने उनको भनाई छ ।

आइआरएफ फोर जिनको क्रियाकलापले कुन प्रकारबाट कपाललाई सेतो बनाउने गर्दछ भन्ने कुरा पत्ता लगाइसकेपछि कपाल फुल्नबाट रोक्ने तरिकाको पनि खोज गर्न सकिने उनको भनाई छ ।

यसका साथै शोधकर्ताहरुले केही अन्य जिनहरु पनि पत्ता लगाएका छन् । उनीहरुले दाह्रीको रौँको मोटाइ तथा रौँको आकार निर्धारण गर्ने इडीआर जिनका साथै आँखीभौँको रौँको मोटाइ निर्धारण गर्ने एफओएक्सएल टू जिन पनि पत्ता लगाएका छन् ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया