२१ फागुण काठमाडौं । कम्युनिष्ट आन्दोलनको कोसढुंगा मानिने झापा विद्रोहका ५ योद्धाले एकैपटक सहादत प्राप्त गरेका स्मरणीय दिन हो फागुन २१ । यही दिनको पूर्वसन्ध्यामा सरकारले बुधबार २२ जनालाई सहिद घोषणा गरेको छ । आन्दोलन क्रममा प्रहरी गोली लागी मृत्यु भएका सहकर्मी र मार्गदर्शकलाई सहिद घोषणा गर्नुपर्ने लामो समयदेखिको माग रिकारले वरषैं पछि पुरा गरेको छ ।

सरकारले बुधबार सहिदको सूचीमा राखेका नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई आजकै निद २०२९ फागुन २१ इलामको दानाबारी गाविस स्थित सुखानीमा गोली हानी हत्या गरिएको थियो । मृत्युको ४३ वर्षपछि पाँचैजनालाई सहिद घोषणा गरिएकोमा झापाका कम्युनिष्ट अगुवा र सहिद परिवार गौरव गरिरहेका छन् । अाजकाे नागिरक दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया