raksi

२१ फागुण, काठमाडौं । उधारोमा रक्सी नदिएको झोकमा रुकुममा एक युवतीको हत्या भएको छ । रक्सी नदिएको झोँकमा बलात्कारको योजना बुनेका स्थानीय तीन युवकले रुकुम खालागाउँ ५ की १७ वर्षीय सुस्मिता शाहीको हत्या गरेका  छन् । माघ १० गते भएको यो घटनाको अनुसन्धानमा रहेको प्रहरीले झण्डै डेढ महिनापछि हत्याको कारण सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न स्थानीय २५ वर्षीय यमबहादुर नेपाली, १६ वर्षीय ज्ञानेन्द्र राना र १५ वर्षीय प्रेम खड्कालाई नियन्त्रणमा लिएको थियो । अभियुक्तहरुले पसल मालिक सुस्मिताले आफूहरुलाई उधारोमा रक्सी नदिएको र त्यही झोकमा हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । अाजकाे आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया