रोशन आचार्य
  रोशन आचार्य

२१ फागुण।मान्छे चाहे जुनसुकै धर्म मान्ने होस् उसलाइ सबैभन्दा ठुलो डर भगवानकै छ |भगवानलाई देखेको कसैले छैन |भन्न त क्रिस्चियन हरुले जिसस क्राइस्ट लाइ ज्युदो भगवान भन्छन किनभने बाइबल का अनुसार उनको लास गाडेको ठाउमा भोलिपल्ट हेर्दा छोपेको ढुंगा सारिएको थियो भने मृत सरिर सो ठाउमा थिएन |मुस्लिम धर्म का प्रवर्तक मोहम्मद बाहेक संसार मा प्रचलन मा रहेका सम्पूर्ण धर्म का प्रवर्तक हरुका तस्बिर बाटै हो हामीले आ-आफ्नो भगवानलाई चिन्ने |चाहे महादेव हुन् वा जिसस ,चाहे कृष्ण हुन वा गुरु नानक ,चाहे जिसस हुन् वा बुद्ध सबै भगवान हरु मानब स्वरूप मै छन् | अर्थात म जस्तो छु मैले पुजा गर्ने भगवान पनि म जस्तै छन् | कुरा यति छर्लंग हुदा पनि हामीले बुझ्न सकेका छैनौ |सम्पूर्ण श्रीस्टी नै भगवान को स्वरूप हो |यो कुरा लाइ मैले बुझेअनुसार प्रस्ट पार्ने कोसिस गर्दछु :

म हिन्दु धर्म मान्ने मान्छे हो | हिन्दु धर्मग्रन्थ ,धार्मिक प्रबचन ,गुरुबाणी जस्ता सामग्री हरु को आधारमा मैले मेरो धारणा बनाएको हु |मैले बुझे अनुसार संसार मा सबैभन्दा धेरै भगवान भएको धर्म चै हिन्दु धर्म नै होला | हाम्रो त ३३ कोटी देवता छन्  अर्थात ३३ करोड |यो कुरा बेद मा पनि लेखिएको छ पुराण मा पनि छ | बेद आजभन्दा करिब दश हजार वर्ष पहिले लेखिएको लिखित ग्रन्थ हो साएद संसार को सबैभन्दा पहिलो लिखत नै बेद हो |त्यो बेला अहिले को जस्तो न त जिसस नै थिए न मोहम्मद,न बुद्ध न नानक नै थिए | त्यो बेला संसार को जनसंख्या पनि कतिनै थियो होला र मानब जाति विकास कै क्रममा थियो |ढुंगे युग बाट सामाजिक युग मा रुपान्तरण हुने क्रममै थियो होला | उस बेला संसार का सारा मानब लगाएत सम्पूर्ण जिबजन्तु को जनसंख्या पनि ३३ करोड थिएन होला |त्योबेला को ग्रन्थमा ३३ करोड भगवान भनेर लेखिनुको अर्थ त संसार मा भएका सम्पूर्ण मानब लगाएत जनाबार ,चरचुरुन्गि,जलचर,थलचर सबै भगवानकै स्वरूप हुन् भन्न खोजेको हैन र ? नभए आजसम्म किन कुनै पनि हिन्दु धर्मग्रन्थ ,शास्त्र ,पुराण मा ३३ करोड भगवान को नाम देंखिदैन त ?किन बेद मै पनि ३३ करोड भगवान को नाम उल्लेख गरिएको छैन त ? भएका भए त नाम त हुन्थ्यो नि ? ३३ करोड भगवान भनेका ३३ करोड श्रीस्टि हुन् |

यो कुरा लाइ भागबद गीता मा श्री कृष्ण ले प्रस्ट पारेका छन् | कृष्णले आफुलाई परब्रम्हा भनेका छन् | अर्थात उनि श्रीस्टी कर्ता का पनि श्रीस्टिकर्ता |यसको अर्थ पनि यहि हुन्छ कि श्रीस्टि गर्न सक्ने हरेक प्राणि ब्रम्हा स्वरूप हो |आफ्नो सन्तान को लालनपालन गर्नु बिष्णु स्वरूप हो| बिष्णु को संसार ठुलो छ उनले संसार को पालन गर्दछन भने यौटा व्यक्ति वा जनाबार ,चराचुरुंगी को संसार उसको घर,गोठ,गुड मा सिमित हुन्छ उसले आफ्नो सन्तान को लालनपालन गर्दछ |सन्तान को उन्नति प्रगति को लागि सम्पूर्ण दुख कस्ट पन्छाइदिनु भनेको शिब स्वरूप हो | शिवले संसार को दुख कस्ट निवारण गर्दछन भने प्राणीले आफ्नो संसार अर्थात आफ्नो सन्तान को |

धर्म भनेको सामाजिक कानुन हो |जसले सम्पूर्ण मानब जाति लाइ ब्यबस्थित तरिकाले समाज मा मिलेर बस्न् सक्ने बाताबरण बनाउन सहयोग गर्दछ | अब रह्यो कुरा हामीले मान्ने राम,कृष्ण ,जिसस ,अल्लाह,बुद्ध आदि को कुरा |यी सबै धर्म दुत मात्र हुन् | जसले बिभिन्न कालखण्ड मा बिभिन्न क्षेत्र मा छरिएर रहेका बिभिन्न समुदायेका व्यक्तिहरुलाई उनीहरुले बुझ्ने भाषा मा यिनै कुरा हरु बुझाउन खोजेका मात्र हुन् | आखिर धर्म मानब जातिकै कल्याण को लागि हो | तर आज मानब जातिले नै धर्म को नाममा समाज बिखन्डन गर्दै गैरहेको छ | धर्मले हामीलाई मिलेर बस्न सिकाउछ | सम्पूर्ण धर्म को सार यौटै हो | यहि कुरा राम,कृष्ण ले संस्कृत मा भने ,जिसस ले हिब्रु मा , मोहमद ले उर्दु मा भनेका मात्र हुन् |यति सानो कुरा पनि नबुझेर आपसमा बैरभाब राख्नु ,धर्म को नाममा आफ्नो समुदाएको बर्चस्व कायम गर्न खोज्नु सबै पाप कर्म हो जसले मानब जातिलाई अन्त्य तिर पुर्याउदछ |

अहिले बिभिन्न धर्ममा मा पनि बिभिन्न धार हरु देखिएको छ |सबैभन्दा धेरै हिन्दुधर्म मै छ | यसो हुनुको कारण चै मैले जानेअनुसार हिन्दु का सबै ग्रन्थहरु संस्कृत मा लेखिएका छन |भाषाको ज्ञानको कठिनाइले थोरैले मात्र त्यहा लेखिएको कुरा पढेर बुझ्न सकेका छन् त्यसमापनि जे जतिले बुझेका छन् उनीहरुले आ-आफ्नो अनुकुल हुनेगरी ब्याख्या गरेका ले पनि बिभिन्न धार देखिएको होला |यो सबैधर्म मा लागु हुन्छ जस्तो लाग्छ | जिसस त यौटै थिए तर उनलाई मान्ने हरु कोहि क्याथोलिक ,कोहि प्रोटेस्टेन्ट ,कोहि अर्थोडक्स भएका छन् |मोहम्मद त यौटै थिए तर उनका बिचार हरु कतै सुन्नी,कतै सिया कतै कुर्द मा विभाजित भएका छन् | बुद्धले त अहिंसा परमोधर्म भनेका थिए तर आज बुद्ध धर्म बिभिन्न यान र सम्प्रदायेमा विभाजित छ | अहिले त संसार मा सिक्षित भन्दा असिक्षित बढी छन् भने उ जमानामा पढेलेखेका झन् कतिनै थिएहोलान र ?मैले अघिनै भनिसके जस्तै जसले बुझे उसले आफैलाई अनुकुल पार्ने गरि ब्याख्या गर्दै जादा धर्म विभाजित हुदै गएको हो |धर्मग्रन्थ को भाषा फरक होला तर धर्म को सार जोड्नु हो सृस्टि लाइ एकताबद्ध पारेर राख्नु हो मैले बुझेको यस्तै यस्तै हो |

तपाईको प्रतिक्रिया